‘मैया दिदी’को सत्यकथामा ‘बेरंगी माया’(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रुकुम जिल्ला निवासी ‘मैया दिदी’को सत्यकथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । उदयमान गायक संघर्ष सत्ता कृष्णले आफ्नै स्वब्द/संगीत र स्वरमा सत्यकथामा आधारित ‘बेरंगी माया’ बोलको गीत सार्वजनिक गरेका हुन् । नवकलाकार रश्मी पाण्डेले अभिनय गरेको गीतमा ‘मैया दिदी’को कथा प्रस्तुत गरिएको छ । जो मानसिक सन्तुलन गुमाएर भोक र प्यासको लागि भौतारिएकी छन् । र उनलाई सहयोग खाँचो छ । दीपेन्द्र केसीले निर्देशन गरेको भिडियोमा रामशरण उप्रेतीको छायाँकन र फराज अर्पणको सम्पादन रहेको छ ।