तीजको रहर आयो बरी लै ! रिमेक (भिडियो)


Gauri-malla
(सेलिब्रेटी नेपाल) ८ भाद्र-तीज सम्बन्धि बनेका हजारौं गीत हरु मध्ये अहिले सम्मकै सबै भन्दा हिट र कालजयी गीतको रुपमा चिनिएको ‘कन्यादान’ चलचित्रको चर्चित गीत ‘तीजको रहर आयो बरी लै’ लाई रिमेक गरिएको छ ।

चेतन कार्कीको शब्दमा शम्भूजीत बास्कोटाले संगीत भरेको उक्त गितको रिमेक भर्सनलाई बास्कोटाले फास्ट ट्रयाकमा तयार गरी नयाँ भिडियो पनि तयार गरेका छन्। बास्कोटाकै कन्सेप्टमा भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन जसमा नायिका करिश्मा मानन्धर, बसुन्धरा भुषाल, शुभद्रा अधिकारीलाई फिचर गरिएको छ ।
नायिका गौरी मल्ल नेपाल बाहिर भएको कारण यस भिडियोमा रहिनन् गौरीको झल्को मेट्न पुरानै क्लिप्स लाई थोरै समाबेश गरियको छ।