राज कुमारको वान वे पुर्वमा झुल्केर पश्चिममा अस्ताउँदैन(भिडियो)


(सेलिब्रेटी नेपाल) ४ पौष-निर्माता संघका अध्यक्ष राज कुमार राईको निर्माण तथा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘वान वे’ को पोस्टर र प्रोमो सार्बजनिक गरिएको छ। अन्तरास्ट्रिय बजार लाई टार्गेट गरेर निर्माण भएको चलचित्र वान वे पुस्तान्तरको कथा हो। जो घाम झै पुर्वमा झुल्केर पश्चिममा अस्ताउँदैन। योभुमन्डलीकरण झैं पश्चिममा झुल्केर पूर्वमा अस्ताउँछ । त्यही गोधुली पुस्ताको अविरल यात्रा हो, वान वे। निर्देशक सुरज सुब्बाले चलचित्रको कथा बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
one-way-poster
यस चलचित्रमा रबिन तामांग र नब नायक सिद्धार्थ गुरुङको साथमा करिष्मा मानन्धर, माला सुब्बा, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप, प्रकाश ओझा, श्याम राई, रूपा राना, नितिज्ञ सिंह लगायतले अभिनय गरेका छन् । चलचित्रमा प्रदिप भट्टराइको लेखन, हरि घले लामा,दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छायांकन रहेको छ।