सूचना तथा संचार मन्त्रीको हात बाट पसिना टाइटल सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अनुभवी निर्देशक आर.बि.खत्रीले निर्देशन गरेको चलचित्र पसिनाको सम्पूर्ण प्राबिधिक कार्य सकिएको छ । अब प्रदर्शनको तयारीमा रहेको चलचित्रले पहिलो पटक आफु लाइ मिडियामा ल्याएको छ । चलचित्रको टाइटल लोगोलाइ एक कार्यक्रमको बीच सार्बजनिक गरिएको छ । सूचना तथा संचार मन्त्रि मोहन बस्नेतको हात बाट चलचित्रको नाम लोगो सार्बजनिकीकरण गरिएको हो। समसामयिक कथा बस्तुमा तयार भएको चलचित्रमा गौरब पहाडी र अनु शाहको मुख्य भूमिका रहेको छ ।गरूँ सत्कर्म बगाऊ पसिना भन्ने मुख्य थिममा रहेर चलचित्र निर्माण गरेको निर्देशक आर.बि.खत्रीले बताए ।

सीमा चामलिंग राई र नन स्टप क्रियसनको आयोजनामा श्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ उक्त कार्यक्रममा विभिन्न श्रस्टा हरु लाइ सम्मान पनि गरिएको थियो भने चलचित्र पसिनाको गीतमा शिब बि.क.को समूहले नृत्य पनि प्रस्तुत गरेको थियो । कुन्ती मोक्तान,सुरबीर पण्डित लगाएत अन्य थुप्रै कलाकार हरुले उपस्थित दर्शक हरु लाई मनोरंजन प्रदान गरेका थिए ।