नम्रता श्रेष्ठ फर्निचरको ब्रान्ड एम्बेसडर नियुक्त


namrata_shrestha cbn nett
(सेलिब्रेटी नेपाल) ६ असार-अभिनेत्री तथा चर्चित मोडल नम्रता श्रेष्ठलाई इन्डेक्स फर्निचरले आफ्नो सद्भावना दूत बनाएका छन्। इन्डेक्सले नम्रतालाई औपचारिकरुपमा ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। नेपालका ठुला फर्निचर सोरुमहरु मध्य इन्डेक्स फर्निचर पनि एक हो। उनले इन्डेक्स फर्निचरको स्थापनाकालदेखि नै सो ब्रान्डको विज्ञापनमा मोडलिङ गर्दै आएकी थिइन्। महानायक राजेश हमाल पछि सबैभन्दा बढी ब्यवसायिक ब्रान्डको एम्बेसडर बन्ने मध्येमा पर्ने नम्रताले केही महिनाअघि यामाह रे स्कुटीको एम्बेसडर भएकी थिइन्।