लाहुरेको आगो भित्र ताण्डब


(सेलिब्रेटी नेपाल) ३१ बैशाख – चलचित्र ‘बधशाला’ निर्माण गरेर चर्चामा आएका निर्माता मोहन डोटेलले निर्माण गरि रहेको दोस्रो चलचित्र ‘ताण्डव’ को फष्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रको फष्ट लुकमा लाहुरे नामले परिचित गायक आशिष रानालाई प्रस्तुत गरिएको छ। जसले हातमा पेस्तोल लिएर ताकेका छन्। चलचित्रमा रहेका प्रमुख कलाकारलाई पोष्टरमा प्राथमिकता दिइएको छैन।
Tandab-poster
सुन्दरी नायिका नम्रता श्रेष्ठलाई ‘कल गर्ल’का रुपमा प्रस्तुत गरिएको चलचित्रको फष्ट लुकमा नम्रता अटाउन सकेकी छैनन्। हलिउड निर्देशक मुर्रे केरले निर्देशन गरेको यस चलचित्रमा अनुप बराल, एलेन गुरुङ र विपिन कार्कीले पनि अभिनय गरेका छन्।