जीवन विना निताको केहि पल सार्है सकस (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
केहि दिन पहिले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चैत्र ६ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘धुन’ को अफिसियल गीत रिलिज गरिएको छ। ‘केहि पल’ बोलको यो गीतमा अभिनेता जीवन लुईंटेल र अभीनेत्री नीता ढुङ्गाना फिचरिङमा छन् । लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई बोल्छ । गीतमा स्वर गायिका मिलन अमात्यले दिएकी छिन्, भने कोरियोग्राफी प्रदिप श्रेष्ठको रहेको छ । यो गीतमा सुन्दर नगरी पोखरा आसपासका दृश्यहरु समावेश छन् ।
Jiwan-neeta-dhoon सांगितिक प्रेम कथामा बनेको चलचित्र ‘धून’ युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन हो यस चलचित्रकी प्रस्तुतकर्ता मालती शाह हुन भने लगानी सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको रहेको छ । तारा सितारा प्रोडक्शनको ब्यानरमा तयार सिनेमा ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, लगायतको अभिनय छ ।