आकाश र आश्माको ‘ड्रिम गर्ल’ ट्रेलर सार्वजनिक (ट्रेलरसहित)


काठमाडौं। ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गरिएको छ ।

मंगलबार राजधानिमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ तथा डेब्यू अभिनेत्री आश्मा गिरीको प्रेम अनि बिछोडलाई प्राथमिकता दिइएको छ । नेपालसहित थाइल्याण्डमा छायाँकन गरिएको चलचित्रको लोकेशन उत्कृष्ट देखिन्छ ।

मंसिर ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा आकाश र आश्माका साथमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रले पूर्वनिर्धारित रिलिज मितिमा हेरफेर गर्दै मंसिर ७ लाई नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज आचार्य निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ ।
राहुल राईको छायाँकन रहेको चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् । चलचित्रमा समावेश २ वटा गीत यसअघि नै सार्वजनिक भईसकेका छन् ।