दयाहाङ बन्ने भए नेप्टे


सेलीब्रेटी नेपाल काठमाडौँ
आर रोशफी फिल्म्सको ब्यानरमा प्रस्तुकर्ता रोहित रुम्बाको प्रस्तुतिमा बन्न लागेको चलचित्र “नेप्टे” मा अभिनेता दयाहांग राई अनुबन्धित भएका छन् । निर्माण टिमले जानकारी दिए अनुशार चलचित्रमा दया संगै नायिका पुर्णिमा लामा, कलाकार भानुप्रताप, बुद्धि तामांग,अर्जुन गुरुङ, निर्मल तामाङ, अजय खड्का संगै प्रस्तुतकर्ता रोहित रुम्बाको पनि प्रमुख अभिनय रहने छ ।
Nepte-nepali-movie
कमेडी जनरामा तयार हुने यस चलचित्रलाई निर्देशक देब कुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन । हाल प्री प्रोडक्सनको काम भईरहेको चलचित्र हरि लामाले खिच्ने छन् भने कविराज गहतराज ,दिनेश पाख्रिन गोबिन्द राई र नरेस बिक्रम सिहको कोरियोग्राफी रहने छ । रोशन श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा “नेप्टे” मा संगीत भने बाबु बोगटी ,सन्तोस राज र ओम सुनवारको रहेको छ । “नेप्टे” मंसिरको पहिलो साताबाट फ्लोरमा जाने प्रस्तुतकर्ता रोहित रुम्बाले जानकारी दिए ।