नायक भुवन केसी भोट माग्न सुनसरी पुगे


(सेलिब्रेटी नेपाल) १६ कार्तिक- अभिनेता भुवन केसी यतिखेर सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण भण्डारीका लागि भोट माग्दै घरदैलो अभियानमा सक्रिय रहेका छन्।
Bhuwan-kc
बाजागाजासहित नाचगान गरेर घरदैलो अभियानको नेतृत्वमा रहेका केसीले एमाले गरिबदुःखीको पार्टी रहेको र एमालेलाई भोट दिएमा मात्र संविधान बन्न सक्ने परिस्थितिको निर्माण गर्न सकिने बताए।

अभिनेता केसीले नेपाली दाजुभाइ तथा दिदीबहिनीको आत्मसम्मानका लागि एमालेले नै सम्बोधन गर्छ र कलाकारलाई पनि सम्मान गर्छ भन्दै एमाले लाई जिताउन आग्रह गरे। कलाकार केसीले मत माग्नका लागि घरदैलो अभियानमा रहेका बेला उनलाई हेर्नकै लागि केटाकेटी र महिलाको बाक्लै उपस्थिति रहेको थियो। केसी एमालेबाट समानुपातिक तर्फका उम्मेदवार पनि हुन्।