‘अझै पनि’को प्रिमियरमा पहिलो म्युजिक भिडियो निर्देशक सम्मानित


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रिलिजको पुर्वसन्ध्यामा नेपाली चलचित्र ‘अझै पनि’को भब्यरुपमा प्रिमियर सम्पन्न भएको छ । फागुन १५ गते रिलिज हुने यस चलचित्रको रिलिजको ३ दिन अगाडी मंगलबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियर कार्यक्रममा अझै पनि युनिट, नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सदाबहार अभिनेता भुवन केसीको साथै नायिकाहरु निशा अधिकारी, केकी अधिकारी, प्रियंका कार्की, कृति भट्टराई, नम्रता श्रेष्ठ लगायतका कलाकारको उपस्थिती रहेको थियो । प्रिमियरमा स्व. निर्देशक आलोक नेम्बाङ्गकी आमा सुनन्दा तथा आलोकका भिनाजु तथा ‘अझै पनि’का कलाकार विजय लामाको पनि उपस्थिती थियो । आलोक ट्रष्टद्वारा पहिलो म्यूजिक भिडियो निर्देशक शम्भुजित बास्कोटालाई सम्मान मंगलवार आयोजित चलचित्र ‘अझै पनि’को प्रिमियर कार्यक्रममा ‘ट्रष्ट आलोक’ले नेपालको पहिलो म्यूजिक भिडियो निर्देशक शम्भूजित बास्कोटालाई सम्मान गरेको छ । नेपाली गीत-संगीतको इतिहासमा पहिलो पटक भिडियो बनाएका बास्कोटा अनवरत रुपमा नेपाली संगीत तथा चलचित्र क्षेत्रमा लागिपरेका व्यक्तित्व हुन् ।
Ajhai-pani-primier
सदाबहार नायक भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भैदिनाले’ बोलको गीतको भिडियोलाई बास्कोटाले निर्देशन गरेका थिए । उक्त भिडियोमा भुवन केसीको नै अभिनय रहेको थियो । विजय उदय पाल्पालीका शब्दमा बास्कोटाले नै संगीत भरेका थिए भने भिडियोलाई जयसिंह शाहले छायांकन गरेका थिए । सुर्दशन थापा प्रोडक्सन तथा पुनम इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्रमा सुर्दशन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुगांना, पुष्प खड्का, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.