आकाश र नाजिरमा को हुन् त बर्षाको राजा ? ‘विर विक्रम २’ घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

ब्यबसायिक रुपमा सफल चलचित्र ‘विर विक्रम’ को नाम बाट चलचित्र ‘विर विक्रम २’ बन्ने भएको छ । बिहिबार राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेमा आईको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।

प्रदीप भारद्धाजको पटकथा लेखन रहेको चलचित्रमा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी बुद्धि तामाङ, विनिसा भण्डारी, बालकलाकार मनिष लिम्बु, मनोज केसी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।’ विर विक्रम २’मा अर्पण सापकोटा सह-निर्मातको रुपमा रहेका छन् ।

निर्देशक मिलन चाम्सका अनुसार ‘विर विक्रम २’ विर विक्रमको सिक्वेल होइन । उनले भने ‘मेरो टिमले यस पटक नयाँ कथामा काम गरेकाले गर्दा यो चलचित्र ‘विर विक्रम’ का मुख्य तीन पात्र दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन नदोहोरीएको बताए’।‘विर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहनेछ । चलचित्र कार्तिक २६ गतेबाट छायांकनमा जाने निर्माण टिमले बताएको छ । चलचित्र आगामी नयाँ बर्षमा सार्बजनिक प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण टिमले जानकारी गराएको छ ।