आधि बाटो कालिञ्चोकको डाँडादेखि लण्डनको रमझम सम्म


(सेलिब्रेटी नेपाल) १३ फागुन-चलचित्र ‘आधि बाटो’ को आज एक औपचारिक कार्यक्रमका बीच गीत सार्बजनिक गरिएको छ चलचित्र जम्मा ६ वटा गीत समाबेश गरिएको छ चलचित्रका गीत हरुमा संगीत सुरेश अधिकारी तथा यश कुमारको रहेको छ। कार्यक्रममा चलचित्रको अडियो तथा भिडियो रिलिज गरिएको थियो भने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रिय लगायतले चलचित्र सफलताको लागि शुभकामना मन्तब्य दिए। हामी तीन भाई’, ‘भरोसा’ र ‘हाँसी देउ एक फेर’ जस्ता चलचित्र निर्माण गरेका एनआएन निर्माता रमेश त्वायनाले निर्माण गरेको पछिल्लो चलचित्र ‘आधी बाटो’ चैत्र २१ गते बाट प्रदर्शन हुने छ।
Aadhi-bato
रमेशले चलचित्र क्षेत्रमा लगानी गर्नु मुर्खता भएको जान्दाजान्दै पनि लगानी गरेको बताए। चलचित्र क्षेत्रप्रति आफ्नो आत्मिय सम्बन्ध रहेकाले लगानी गरेको बताउँदै रमेशले ‘आधी बाटो’ निकै राम्रो चलचित्र बनेको दाबी गरे। चलचित्रमा कालिञ्चोकको डाँडादेखि लण्डनको रमझमसम्मको कथालाई समेटिएको उनले बताए। निर्देशक सबिर श्रेष्ठले ‘आधी बाटो’ एउटा फराकिलो तथा सुकिलो चलचित्र भएको र दर्शक लाई मन पर्ने बताए ।
Aadhi-bato-poster-2
चलचित्रका लेखक जगदीश्वर थापा हुन्। संगीतकार सुरेश अधिकारीले चलचित्रका गीतसंगीतले दर्शकस्रोताको मन छुने बिश्वास ब्यक्त गरे। साँगीतिक प्रेम कथामा बनेको चलचित्र ‘आधी बाटो’मा यश कुमार र जेनिशा केसी, सबिन श्रेष्ठ, अनु शाह, रूवी राणा लगायतको अभिनय रहेको छ।