केकी र विनोदको अब मन संग मन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘अब मनसँग मन…’ बोलको रोमान्टिक गीत ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमिल जोडीको उपहारस्वरूप रिलिज गरिएको हो । अर्जुन पोखरेलको शब्द संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ भने गीतमा चलचित्रका मुख्य कलाकार केकी र विनोद न्यौपाने फिचरिङ छन् । चलचित्रका निर्मातामा भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिवप्रसाद चौलागाई रहेका छन् ।

विशाल भण्डारीको कथा तथा निर्देशन रहेको चलचित्र बैशाख १४ गते बाट प्रदर्शनमा आउने छ ।केकी र विनोदका अलावा चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको ‘कोहलपुर एक्सप्रेस’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।