कमल खत्रीको नयाँ भिडियो तिमि मेरै हौ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक कमल खत्रीको आवाजमा रहेको तिमि मेरै हौ बोलको गीत भिडियो सहित सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्बजनिक गरिएको हो । कार्यक्रममा कलाकार शिबहरि पौडेल लाइ प्रमुख अतिथि बनाईएको थियो कार्यक्रममा बोल्दै कलाकार शिब हरि पौडेलले नयाँ भाई बहिनि हरुले पनि उत्कृस्ट भिडियो बनाएका रहेछन भन्दै गायक कमल खत्रीको पनि प्रशंशा गरे।

सार्बजनिक गीतमा बिक्रम राइको शब्द तथा संगीत रहेको छ। क्रिस्टिना थापा र तिलक नेपालीको अभिनय रहेको भिडियो लाई मिलन शंकरले छायांकन गरेका हुन् भने ओम प्रसाईंले सम्पादन गरेका छन् । भिम तामांगले निर्देशन गरेको भिडियो लाइ रमणीय दृश्य हरुमा उत्कृस्ट तरिकाले छायांकन गरिएको छ ।