‘जय शम्भु’ लाइ काठमाडौं बाहिर थप दुई दर्जन हल


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जय शम्भु’ ले पहिलो शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको चलचित्रले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिन्दि फिल्मले पनि साचे अनुसारको व्यापार नगरेपछि राजधानीका सबै हलले चलचित्र ‘जय शम्भु’ लाई ठूलो पर्दा दिएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरुले ‘जय शम्भु’लाई शनिवार विहान देखी ठूलो पर्दा दिएको छ ।

यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले दावी गरेका छन् । मोफसलका वितरक एफडि कमपनिले अझै हलहरु थपिरहेको बताएका छन् । चलचित्रलाई सिंगल थिएटरमा शतप्रतिशत राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौंमा २१ वटा हलमा लागेको जय शम्भुले शनिावार बाट काठमाडौं बाहिर ६ दर्जन हल पाएको छ । चलचित्रमा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही भएका कारण पनि चलचित्र नेपाली दर्शकहरुका आशावादी रहेको छ । यस्तै चलचित्रमा बर्षा शिवाकोटीको पनि अभिनय रहेको छ । जसले एक्शनसँगै रोमान्टिक लभस्टोरी पनि समावेश गरेको छ । चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्रमा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् ।