‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ
। आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्बजनिक गरिएको छ । ‘आई एम इन्टु सि इज मिन्टु’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र डेव्यु नायक धिरज मगरलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा सुजिल कमार्चायको शब्द तथा संगीत, केतन क्षेत्री र सुजिल कमार्चायको स्वर रहेको छ भने फिमेल स्वरमा श्रेया सोताङ्गले साथ दिएकी छन् । कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्र आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको हो चलचित्रलाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेकोचलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।