अब ‘इन्टु मिन्टु’ अस्ट्रेलियामा


सेलिब्रेटी नेपाल काठमाडौँ
असोज ५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपालमा औषत ब्यापार गरेको छ । शुक्रबार र शनिबार बम्पर ओपनिङ गरेको चलचित्रले नेपालबाट मात्रै करिब ४ करोड आसपासमा ब्यापार गरेको छ । ‘इन्टु मिन्टु लण्डनमा’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुँदैछ । यो सिनेमाले विदेश प्रदर्शनको सुरुवात अष्ट्रेलियाबाट गर्ने भएको छ।

चलचित्रको अष्ट्रेलिया राइट एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीका अनुसार ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो प्रदर्शन ११ अक्टोबरमा एडिलेटमा हुनेछ । यस्तै, १२ अक्टोबरमा सिड्नीको बरउडमा रहेको इभेन्ट चलचित्रमा हुने तय भएको छ । सिनेमाको क्रमशः मेलबर्न, तासमनिया र क्यानभरालगायतकाशहरहरुमा पनि शो हुने उप्रेतीले बताए । चलचित्रको प्रदर्शनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर उपस्थिति हुने कार्यक्रम रहेको छ ।

आई कोर फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले मिलेर निमार्ण गरेका हुन् । चलचित्रलाइ कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन्। चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।