‘हिरोज’ ट्रेलर सार्बजनिक ! कार्यक्रममा नै रोइन नायिका (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हिरोज’ को ट्रेलर सार्वजनीक गरिएको छ । पूर्णीमा लामाको निर्माण अनि एन.बि. महर्जनको निर्देशनमा बनेको हिरोजको आइतबार राजधानीमा एक कार्यक्रम गरि ट्रेलर सहित चलचित्रमा समाबेश चार वटा गीत सार्बजनिक गरिएको हो ।
चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको प्रेसमिटमा अभिनेत्री तथा निर्मात्री पूर्णीमाले आफू चाहेर निर्माता नबनेको खुलासा गरिन् । ‘मैले ‘हिरोज्’ बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै चलचित्र बन्दो रहेनछ,’ उनले रुँदै भनिन्,‘मिहीनेतअनुसार चलचित्र निकै राम्रो बनेको छ । चलचित्रमा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’

‘हिरोज’ मा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा,मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापति,दिनेश डिसी लगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेकोचलचित्र शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । चलचित्रको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । चलचित्रमा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।