चलचित्र ‘दुई रुपैयाँ’ले काट्यो करोडको केक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत कुटु मा कुटु ले यु ट्युबमा करोड भ्यु पुर्याउन सफल भएको छ। राजनराज सिवाकोटीको शब्द/संगीत र स्वरमा सजिएको ‘कुटुमा कुटु’ बोलको गीतलाई सबै खालका श्रोता तथा दर्शकले मन पराएका छन् ।

‘कुटुमा कुटु’को सफलतालाई मध्यनजर गर्दै ‘दुई रुपैयाँ’ युनिटले सोमबार राजधानीमा सेलेब्रेसन पार्टी दियो । सिवाकोटीले मिडिया र ‘दुई रुपैयाँ’ टिम अगाडी ‘कुटुमा कुटु’ करोड भ्युको केक काटे । त्यसमा उनलाई साथ दिए चलचित्रका कलाकार र अर्का ह्याट्रिक म्यान कविराज गहतराजले ।

गहतराजद्वारा नृत्य निर्देशित भिडियोले यो गीतसँगै तिन पटक करोड माथिको भ्यु पाएका छन् । सिवाकोटीले यसअघि ‘पुर्व पश्चिम रेल’ र ‘सुर्के थैली हिट दिसकेका छन् । त्यस्तै गहतराजले ‘काले दाई’ र ‘पुर्व पश्चिम रेल’का नृत्य निर्देशन गरेका थिए । जुन गीतहरु युट्युबमा करोड भन्दा माथि हेरिएका छन् ।

असिम शाह निर्देशित चलचित्र ‘दुई रुपैयाँ’मा असिफ शाह, निश्चल बस्नेत, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ । भाद्र २३ गते बाट चलचित्र सार्बजनिक प्रदर्शनमा आउने छ ।