बुटवलमा एक नारायणको चोखो माया लाकै हो


सेलिब्रेटी नेपाल बुटवल
राजधानी बाहिर रहेर भिडियो निर्माण गर्ने व्यक्तिहरु पनि थुप्रै छन् । बुटवलमा रहेको आर.डी.क्रियसनले थुप्रै भिडियोहरु निर्माण गरि सकेको छ । बुटवलमा बसेर पनि गुणस्तरीय भिडियो बनाउन सफल निर्देशक हुन् प्रदिप कंडेलले यो हप्ता मात्रै एकनारायण भण्डारीको शब्द र रुपक डोटेल को स्वर रहेको ” चोखो माया लाकै हो लाइन भनु कसरि ” आधुनिक गित को सुटिंग सम्पन्न गरेका छन् । बुटवल र पाल्पा को रमणीय स्थानमा छायांकन गरिएको उक्त गित दशैँ लगत्तै सार्बजनिक हुने छ ।
monika-raj-hot
निर्देशक प्रदिप कंडेल भन्छन ‘मोफसलमा रहेर पनि राम्रो भिडियो बनाउन सक्दो मेहनत गरिएको छ’ । रेशम भण्डारीले आकर्षण ढंगले क्यामेरामा कैद गरेका दृश्यलाई प्रदिप आफैले सम्पादन गर्दैछन् उक्त गितमा राज अर्याल,मोनिका पराजुली र दिनेशले अभिनय गरेका छन् । बुटवलमा बसेर ब्यस्त कलाकारको रुपमा स्थापित भै सकेका राज दर्जनौ भिडियोमा अभिनय गरि सकेका छन् ।
Raj-monika