दृष्टिविहीन युवतीको बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो सृष्टिको जीवन संघर्षको कथा बोल्ने चलचित्रमा सृष्टिको भूमिका बेनिशा हमालले निर्वाह गरेकी छिन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका रहेको छ । लन्डनमा प्रिमियर सम्पन्न गरेको चलचित्र नेपालमा आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउनेछ ।

निकेश लिम्बुले निर्माण गरेको चलचित्र ‘ब्लाइन्ड रक्स’ एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको कथा यम थापा र सुमन उप्रेतीले तयार पारेका हुन् ।मिलन चाम्सको निर्देशनमा बनेको चलचित्रमा गिरिराज घिमिरेले मुख्य सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।