अन्नपूर्ण बेस क्याम्पमा साम्राज्ञीसँग आकाशको रोमान्स, ‘तिमि सँग’ शिर्ष गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा अभिनत चलचित्र ‘तिमि सँग’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको बीच गीतको भिडियो सार्बजनिक गरिएको हो । भिडियो सार्बजनिक संगै कार्यक्रममा चलचित्रमा समाबेश गीतहरुको अडियो सी.डी.पनि सार्बजनिक गरियो । सार्वजनिक गीतमा साम्राज्ञी र आकाशको रोमान्टिक पलहरुलाई प्रस्तुत गरिएको छ ।

लेखु सहयात्रीद्वारा लिखित गीतका संगीतकार राहुल मुखर्जी हुन् भने, गीतमा मधुरा बज्राचार्य र संगीतकार स्वयम्को स्वर रहेको छ । गीतमा कोरियोग्राफी शिशिर खातिले गरेका छन् । शिशिर राणा निर्देशित म्युजिकल लभ जर्नीको पटकथा शिशिरसँगै साकार ओझा, सुमन उप्रेती र सुशील क्षेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा शुशील क्षेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।