अनिलको शैलुंगे गाँऊमा सोनाम र बिनुको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

विगत एक दशक भन्दा लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका गायक अनिल लामाको पप गिति संग्रह लभ वेज र सेलो गिति संग्रह माउन्टेन हर्ट एकै साथ बजारमा आएका छन् । यत्तिखेर गायक लामाको ‘लभ वेज’ गिति एल्बम भित्रको शैलुंगे गाँऊको मैच्याङलाई बोलको गीतको म्यूजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ ।

काभ्रेपलान्चोक जिल्लाको चौरी देउराउली गाँउपालिका, हर्दन गाँऊमा जन्मेका गायक अनिल लामा नेपाली गीत संगीतका सबै विधाहरु जस्तै आधुनिक, पप, लोक, दोहोरी तथा सेलो आदि गीतहरुमा राम्रो दख्खल राख्ने गर्छन् र समय समयमा विभिन्न कार्यक्रमहरुमा दर्शकलाई आफ्नो प्रस्तुति मार्फत् मज्जाले मनोरन्जन पनि दिने गर्छन् ।

टिका बोम्जनको रचना तथा संगीतमा रहेको सो सेलो गीतमा गायक अनिल लामाले निकै मनछुने गरी तामाङ लवजमा स्वर भरेका छन् । जवानीको सुन्दरता र माया प्रिति साट्न गरिएको आग्रहमुलक भाव बोकेको सो गीतको भिडियोमा सोनाम पाख्रीन र बिनु शाक्यले अभिनय गरेका छन् भने निर्देशन पनि सोनाम पाख्रिनले नै गरेका हुन् । आफ्नो पछिल्लो प्रयास दर्शकले मन पराउँनेमा उनी ढुक्क रहेका छन् र आउँदो दिनहरुमा पनि यही क्षेत्रमै निरन्तरता लागि रहने बताउँछन् ।