कलाकारितामा जम्दै निशा अधिकारी


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली संगीत तथा कलाकारिताको क्षेत्र फराकिलो बन्दै गइ रहेको छ नयाँ पुस्ताका युवा तथा युवती हरुमा पनि नेपाली म्युजिक भिडियो तथा चलचित्रमा देखिने र यसै क्षेत्रमा आफ्नो भबिस्य बनाउन चाहने हरुको संख्या दिन प्रति दिन बढ्दो छ । बिगत १ वर्ष देखि कलाकारितामा आफ्नो भबिस्य बनाउने उदेश्यका अभिनय तथा नृत्यको प्रसिक्षण समेत लिइ रहेकी सिन्धुपाल्चोकमा जन्मिएकी निशा अधिकारीले हाल सम्म करिब दुइ दर्जन जति म्युजिक भिडियोमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरि सकेकी छिन् भने उनले चलचित्र मधेशी पुत्र २ मा समेत अभिनय गरेकी छिन ।

लोक तथा आधुनिक गीतको भिडियोमा ब्यस्त बन्दै गरेकी अधिकारी निरन्तर यसै क्षेत्रमा लागि परि रहने बताउ छिन । केहि व्यक्ति हरु नराम्रा भए भन्दैमा सबै क्षेत्र लाइ नै नराम्रो भन्न मिल्दैन नि आफ्नो काम लाइ म संधै पुजा गर्छु उनि भन्छिन । जीवन भनेकै संघर्ष हो संघर्ष त गर्नु नै पर्छ नि यो क्षेत्रमा संघर्ष ले नै सफल हुने उनको बुझाई रहेको छ । चर्चित नायिका निशा अधिकारी संग नाम मिलेकोले कहिले काँही मान्छेहरु झुक्किने गर्नु हुन्छ म अर्को निशा अधिकारी हुँ नाम मात्र मिलेको हो भनेर सम्झाउने गर्छु उनि भन्छिन ।