एक्सन जनराको ‘अफिसर’ लगानी उठाउने दौडमा


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ११ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘अफिसर’ को व्यापार बाट निर्माण युनिट सन्तुस्ट रहेको छ । उपेन्द्र तिमिल्सिना निर्देशित चलचित्रले आफ्नो प्रदर्शनको चौंथो हप्तामा प्रवेश गरेको छ । एक्सन जनराको ‘अफिसर’ प्रस्तुतकर्ता निरन्जन शर्माले चलचित्रले सोचेको भन्दा बढी ब्यापार गरेको बताए ।’ प्रचार प्रसार बिना नै प्रदर्शनमा आएको चलचित्रले झन्डै झन्डै आफ्नो लगानी उठाउने पनि निर्माण युनिट बताउछ ।

एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको चलचित्रमा निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको मुख्य अभिनय रहेको छ । शशी बिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपनासिंह ठकुरी र अमर कौसलले मिलेर निर्माण गरेका हुन् ।