हवल्दार सुन्तलीका गीतकार बलात्कारी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Dinesh-Subedi
अहिले संचारमाध्यममा चर्चामा रहेको चलचित्र ‘हवल्दार सुन्तली’ को “तिमि १९ इयरकी ब्युटि…” का गीतकार दिनेश सुवेदीले ९ बर्षीय बालिका बलात्कार गरेका छन् । बलात्कारको घटना बढेको भन्दै बलात्कारीलाई फासीको सजायको माग गर्दै देशभरि प्रदर्शन भइरहेका बेला, मकवानपुरको दामन पालुङमा रहेको सेती गणेश माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने आफ्नै विद्यार्थी छात्रालाई बलात्कार गरेका छन् दिनेशले ।

९ बर्षकी आफ्नै विद्यार्थीलाई बलात्कार गरेको पोल हिजो साझ खुले पछि दिनेशलाई गाउँलेले कालो मोसो दल्दै ज्यान मार्ने प्रयास समेत गरेका थिए । दिनेशलाई आक्रमण गर्दा प्रहरीले रोक्ने प्रयास गरेता पनि आक्रोशित गाउँलेका अगाडी प्रहरीको पनि केही सीप नलागेको प्रत्यक्षदर्शीले बताए । आरोपित दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाएको तर बालिकाको परिवारले घटना थाहा पाएपछि हिजो साझ प्रदर्शनमा उत्रिएका पिडित बालिकाले बताइन् । उनले गीत कोरेको पछिल्लो चलचित्र हवल्दार सुन्तली यहि चैत २७ देखि प्रदर्शनमा आउने भएको छ ।