आर्यन सिग्देल र जुना सुन्दास फिचर्ड भिडियो ‘ऐना फुटेको’ सार्वजनिक


काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’ सार्वजनिक भएको छ । गीतकार डीपी खनालको शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्।

प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल र जुना सुन्दास फिचर्ड छन्। बिभोर पोखरेलको निर्देशनमा बनेको भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी ,पुरन श्रेष्ठको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।
गीतको भिडियोलाई गायक सुरेश कालिकोटेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.