समुन्द्रको ‘जिन्दगी नै’ मा रोमान्टिक बने सारा र आयन (भिडियो)


काठमाडौँ। गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा उर्गेन दोङको एरेन्ज, अनिल अधिकारीको रेकर्ड, रितेश रोयको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सारा निरौला, आयान राई, समुन्द्र र कविता फिचर्डछन् । रोहित विक्रम कार्कीको छायांकन रहेको भिडियोमा विष्णु खड्काको कलर, सम्पादन र भीएफएक्स तथा अर्जुन भण्डारीको कथा पटकथा र निर्देशन छ ।

सफल मोसन पिक्चरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा सुबास घिमिरेको प्रोडक्सन डिजाइन र समुन्द्र खतिवडाको कला निर्देशन छ ।