‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक


काठमाडौं। चलचित्र ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गरेलगत्तै अहिले गीत रिलिज गरेको हो।

कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति सन् २०२६ का लागि तय गरिएको छ। सार्वजनिक ‘धौले धन्सार’ बोलको गीत लोक शैलीमा तयार पारिएको छ। यस गीतमा पुष्कर सुनुवार, शान्तिश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर रहेको छ भने डा. आशबहादुर तामाङ को शब्द र पुष्कर सुनुवारको सङ्गीत छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको यस गीतको भिडियो निकै आकर्षक बनेको छ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी र हिउँवाला गौतमका साथै नव-नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको आकर्षक नृत्य हेर्न सकिन्छ।

चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला र गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय छ।

सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ। राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको छायाङ्कन, बनिष शाह र नविन चौधरीको सम्पादन रहेको यस चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद र स्याडो रियलको कथा तथा शब्द रहेको छ।

दाजुभाइको सम्बन्धको कथा भन्ने यस चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष पूर्ण रूपमा ढुक्क देखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.