रामकृष्ण र सुशीलाको आवाजमा ‘तिमीसँग’ सार्वजनिक


काठमाडौं। गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा सजिएको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ। डिपी खनालले शब्द भरेको यस गीतमा शंकर थापा ‘स्माइल’को संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको छ। गीतसँगै यसको भिडियो पनि सार्वजनिक भएको हो।

निकेश खडकाको निर्देशनमा तयार भएको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई मुख्य भूमिकामा फिचर गरिएको छ। साथै, भिडियोमा स्वयं गायक ढकाल र गायिका सुशीलाको पनि उपस्थिति देख्न सकिन्छ।

सुशीला बस्नेत तिमिल्सिनाकै निर्माण रहेको भिडियोको पोस्ट–प्रोडक्सन सुदीप दाहालले गरेका हुन्। उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियो शब्द र भावनासँग मेल खाने गरी सशक्त रूपमा प्रस्तुत गरिएको छ।

प्रेमिल भावनामा आधारित गीत ‘तिमीसँग’ ले आफूले मन पराएको व्यक्तिसँग सँगै हुँदा मनमा आउने खुसी, सन्तुष्टि र आत्मीयतालाई व्यक्त गर्छ। शब्द, संगीत, स्वर र दृश्य संयोजनको सन्तुलनले गर्दा गीत सार्वजनिक भएसँगै श्रोतारदर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

अमेरिकाको बोस्टन निवासी गायिका सुशीला बस्नेत तिमिल्सिना नेपाल बाहिर रहे पनि नेपाली गीत–संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छन्। गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.