निमेशको ‘तिम्रो साथ’ सार्वजनिक



काठमाडौं। निमेश महर्जनको नयाँ गीत ‘तिम्रो साथ’ सार्वजनि गरिएको छ । सर्जक महर्जनले आफ्नो दाजुका लागि समर्पित गर्दै तयार गीत बुधबार अर्थात् बुबाको मुख हेर्ने दिन सार्वजनिक गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर सुन्न सकिन्छ ।

गीत सार्वजनिक गर्दै सर्जक महर्जनले लेखेका छन्, ‘ हामी सबै जसो भाग्यशाली छौं, हाम्रो जीवनमा आ–आफ्नै अभिभावकहरू पनि छन् तर, त्यहाँ कोही व्यक्ति पनि हुन्छ जो, हाम्रा आमाबुबा जस्तै सफलताको कडी भएर उभिएको हुन्छ, ’ महर्जनले आफ्नो सफलतासँग जोड्दै थपेका छन्, ‘यस्तै व्यक्तिहरू मध्ये मेरो जीवनमा मेरो दाजु दिलीप के महर्जन हुनुहुन्छ, जसका कारणले आज म यहाँ सम्म पुग्न सफल छु । उहाँकै लागि यी शब्दहरू कोरेको हुँ । उहाँ बिना म कतै हराए झैं हुन्छु।’

सार्वजनिक गीतमा प्रिन्स नेपालीको संगीत रहेको छ । गीतमा कुटुम्ब व्यान्डका रुविन के श्रेष्ठको बाँसुरी तथा रेकर्डीङ, फिरोज बज्रचार्यको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ ।

गीतको लिरिकल भिडियोलाई सुजित महर्जनले तयार गरेका हुन् । यसअघि सर्जक निमेश मर्हजनले चर्चित सांगीतिक ब्यान्ड ‘कर्मा ब्यान्ड’मार्फत माैनता बाेलकाे गीत बजारमा ल्याएका थिए ।