
काठमाडौं । नवौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन् । उनले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको अवार्ड साम्राज्ञी भण्डारीले प्राप्त गरिन् । प्रतियोगितामा मन्नत अग्रवाल फस्ट रनरअप र सृष्टि शाह सेकेण्ड रनरअप भए ।
विधागततर्फ श्रीप्रिया अग्रवाल ‘मिस ब्युटी विथ ब्रेन’, मानवी राजवंशी ‘मिस ट्यालेन्ट’, सृष्टि शाह ‘मिस फोटोजेनिक’, साम्राज्ञी भण्डारी ‘मिस इन्टीलेक्ट’, श्रीप्रिया अग्रवाल ‘मिस क्याटवाक’, रिद्धि शाह ‘मिस पपुलर’, साम्राज्ञी भण्डारी ‘मिस पब्लिक च्वाइस’, मन्नत अग्रवाल ‘मिस मल्टीमिडिया’, दक्षिता यादव ‘मिस डिसिप्लिन’, कृपा गौतम ‘मिस फ्रेण्डसिप’, सृष्तिजा कोइराला ‘मिस स्माइल’, निविका गुप्ता ‘मिस ब्युटीफूल आइज’, मन्नत अग्रवाल ‘मिस पर्सनालिटी’, जागृति शाह ‘मिस अनेस्ट’, गेस्ना संग्रौला ‘मिस क्युट’, सिद्धि शाह ‘मिस बब्ली’, रिद्धि शाह ‘मिस ब्युटीफूल हेयर’, नम्रदा चौधरी ‘मिस आउटस्टेण्डिङ परफरर्मेन्स’ र साम्राज्ञी भण्डारी ‘मिस एक्टिभ’ घोषित भए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको प्रमुख आत्थ्यितामा भएको प्रतियोगिताको निर्णायकहरुमा न्यू सृष्टि दैनिकका अध्यक्ष शंकर खरेल, उद्घोष दैनिकका अध्यक्ष बन्धु पोखरेल, सोम्स कलेजका अध्यक्ष रोशन घिमिरे र ‘मिस कोशी २०२५’ का विजेता र मोडेल रजनी थापा रहेका थिए ।
आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले फाइनलमा पुगेका प्रतियोगीहरुले प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको बताए ।


