निखिल उप्रेती लोकदोहोरी भिडियोमा


सेलिब्रेटी नेपाल

काठमाडौं:अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र एक्सन अभिनेताका रुपमा धेरै वर्ष सक्रिय रहे। एक्सन नायकको छबि बनाए । अहिले बजारमा निखिलको पहिलेजस्तो चार्म छैन्। गतवर्षको पुसमा उनी अभिनित चलचित्र ‘भिलेन’ प्रदर्शनमा आयो। तर, चलचित्र जसरी आयो उसैगरी गयो। आए गएको दर्शकले भेउ समेत पाएनन्। त्यसयता निखिलको कुनै चलचित्र प्रदर्शनमा आएका छैनन्। बरु, नयाँ चलचित्र ‘आयो भैरव’को तयारीमा शुरु गरेका निखिलको त्यो तयारी कहाँ पुग्यो पत्तो छैन्।

उनै अभिनेता एक लोकदोहोरी गीतको भिडियोमा देखिएका छन्। बद्री पँगेनी, कला लम्साल र चन्द्र शर्माको स्वरमा रहेको ‘धानको चामल धानैको चिउरा’बोलको गीतमा नृत्य निर्देशक शिव वि.क.ले निखिललाई छमछम नचाएका छन्। निखिलको यो पहिलो लोकदोहोरी भिडियो हो।

हुनतः कुनै समय लोकदोहोरी भनेपछि नाँक खुम्च्याउने अभिनेता–अभिनेत्रीहरु पछिल्लो समय लोकदोहोरी गीतमा छमछमी नाँच्न थालेका छन्। तर, धेरै कलाकारहरु चलचित्र नचलेपछि लोकदोहोरी म्युजिक भिडियोमा अभिनय गर्न राजी भएको पाइन्छ। निखिल पनि पछिल्लो समय चलचित्र क्षेत्रबाट फुर्सदिला छन्।