काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’


काठमाडौं। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । यो ऐतिहासिक कार्यक्रम ठमेल स्थित छायाँ सेन्टरमा हुनेछ, जसले दुवै देश बीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको छ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी ९ल्ँऋब्० द्वारा संयुक्त रूपमा आयोजित यो कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ। चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता, निर्देशक र कलाकारले दर्शक सँग अन्तर्क्रिया समेत गर्नेछन् जसले सांस्कृतिक आदान प्रदानको अवसर प्रदान गर्नेछ।
प्रदर्शन हुने चलचित्रहरू
१. हर स्टोरी – निर्देशकस् यीहुई साओ (उद्घाटन चलचित्र)
२. मिडसमर्स भ्वाइस – निर्देशकस् युडी झाङ
३. जी फर ग्याप – निर्देशकस् फेई लङ
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। यसका साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिस्ट पदाधिकारीहरुले समेत सहभागिता जनाउनेछन्।

प्रदर्शन हुने चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको लिड चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक श्री सु याङले गर्ने छन । यस कार्यक्रमले दुवै देशका चलचित्रकर्मीहरू बीच सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

‘चाइना फिल्म डे’ को महत्त्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले भने, ”यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल हो। चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्दैछौं।”

पाठकले यस्ता सांस्कृतिक आदान प्रदानहरूको व्यापक प्रभावबारे थप प्रस्ट्याउँदै भने, “यस प्रकारका कार्यक्रमहरूले राष्ट्रहरू बीच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। यसले सह(निर्माण, संयुक्त परियोजना, र विश्वव्यापी दर्शकलाई समेट्ने साझा कथाहरू सिर्जना गर्न मार्ग प्रशस्त गर्छ। म विश्वस्त छु, यो नेपाल(चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात मात्र हो।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.