मेलिना र प्रिजनको नमस्कार सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली गीत संगीतमा प्रयोग गर्न रुचाउने गीतकार तथा संगीतकार लोक नाथ सापकोटाको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । चलिरहेका गीत भन्दा अलिक नौलो लाग्ने गीतमा गायिका मेलिना राइ र प्रिजन तारालीको आवाज रहेको छ ।
अहिलेकी व्यस्त गायिका मेलिना संग नयाँ तर प्रतिभाशाली गायक प्रिजनको आवाजमा गीत सुमधुर बनेको छ । निर्देशक मदन खड्काले गीत अनुसारको कथामा भिडियो पनि राम्रो बनाएका छन् । टंक के.सी.को छायांकन रहेको भिडियो लाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा क्रिस्टिना थापा र प्रिजनको अभिनय रहेको छ ।