बिचरा गीतकार !


रमेश विजी

निद्रामै फोनको आवाजले उठायो ! (चिनेको आवाज)
‘दाई एउटा गीत गर्दैछु हजुरले शब्द लेखिदिनुपर्यो ।’

हुन्छ नि म प्रयास गर्छु । आखिर मेरो बाँच्ने आधार पनि त त्यहि भाको छ आजकल । हजुरलाई चित्त बुझ्यो भने गरौंला ।

थ्याङ्क यु सो मच दाई, गीत त बवाल गर्दैछु दाई ! गायिका पनि २÷३ लाखकै राख्दैछु, भिडियो पनि ५/७ लाख नै खर्च गर्छु । बुष्ट पनि दामी हान्छु दाई !

ए ! राम्रो कुरा । कहिलेसम्म गीत गर्ने साँेच छ त भाइ ?

हजुरले गीत सक्दिने बित्तिकै दाई, आखिर शब्द त चाहियो नि दाई । एरेन्ज पनि ५० हजार खालको गर्ने हो दाई पुरै कम्प्युटरले । ए साच्चै दाईले कति लिने गर्नु भा‘छ ?

हजुरलाई के कति भन्नु सृजनाको के मूल्य हुन्छ र ? त्यो त अमुल्य छ ! दिनु न यसो कलम मसिको दुःख १५/२० ।
कसम दाई बजेट नै छैन । यसो हेर्दिनु न ल ।

एकाएक कस्तो परिवर्तन ! त्यत्रो बजेट बिनियोजन, जसमा गीत लेख्ने मान्छेले मात्रै यसो हेर्दिनुपर्ने ! गीतको आत्मा शब्दमा हुन्छ अनि आत्मा निचोरेर सफलता के सम्भव छ त ?

बिचरा गीतकार !
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा लोकप्रिय गीतकार रमेश विजीको फेसबुक स्टाटस