फरक शैलीको चंगुलको टाइटल गीत


सेलिब्रेटी नेपाल। चलचित्र चंगुलको टाइटल झाक्रि गीत सार्वजनिक गरिएको छ । झाक्रि ढ्याङ्ग्रो सहितको र्‍याप गीत एक उत्कृष्ट बनेको छ । हाम्रो यो सुन्दर देशलाइ मानिसहरु सतिले सरापेको देश भन्छन् तर यो देशलाइ सतिले सरापेको नभइ भ्रष्ट शाशकको आँखा चाहि लागेको हो , त्यहि भ्रष्टहरुको नजरलाइ झाक्रि बनेर मन्छाइरहेको दृष्य यस गीतमा देखाउन खोजिएको छ ।

बिक्रम कार्किको संगीत तथा ओ नेगेटीभ राजु श्रेष्ठ र सन्देश पौडेलको आवाज रहेको यस गीतलाइ स्वयं गायक श्रेष्ठ र नायक रवि कार्किले लेखेका हुन् भने कोरियोग्राफि नायक रवि कार्कि स्वय‌‌ले गरेका छन् । चलचित्र असोज १६गते बाट प्रर्दशनमा आउदैछ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ । चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले बताउदै आएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.