तीज गीत ‘दुई बिसेले छोयो’ सार्वजनिक [भिडियो]


काठमाडौं। गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। गायक शर्मासंगै राजु ढकाल र गायिका देवी घर्ती मगरको आवाजमा ‘दुई बिसेले छोयो’बोलको तीजको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतलाई ‘लौरी हरायो’ भाग तिनका रुपमा सार्वजनिक गरिएको हो। गीतमा पशुपतिकै शब्द/संगीत छ। यो गीतको भिडियोमा पशुपति, देवी र राजुले नै अभिनय गरेका छन्। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा बनेको भिडियोमा नविन घर्ति मगरको सम्पादन छ।

गीतमा दुई बिसे उमेरमा उमेरमा उत्पन्न शारीरिक तथा मानसिक समस्यालाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ।

यसवर्ष गायक पशुपतिले ‘दुई बिसेले छोयो’संगै ‘मुन्छे झिल्के झिल्के’, ‘लोभी दाई’, ‘चट्ट लोकल कुखुरा’ बोलको तीज गीत ल्याएका छन्।

सम्बन्धित समाचार :