बिबेक झाको मार्मिक गीत फर्की आए भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपालमा रोजगारीको अवसर नभेटेर विदेश जाने युवा युवतीको संख्या बढी नै रहेको छ । विदेशमा पुगेर आफ्नो घर परिवार र आफ्नी मायालु लाइ सम्झेर फर्कनेको संख्या पनि कम्ति छैन। परदेशको दुख पिडा भन्दा नेपालमा कुटो कोदालो गर्नु राम्रो रहेछ भन्ने कुरा विदेश पुगेर धेरैले बुझ्न थालेका छन्। विदेश बाट हात गुमाएर फर्कंदाको पीडा लाइ पनि भिडियोमा देखाउन खोजिएको छ ।

बिबेक झाको स्वर तथा संगीतमा रहेको फर्की आए गीतले पनि टाढा हुँदा मायालुको सम्झनामा तड्पिएको कुरा गर्दै छ । विदेश हुँदा नेपालमा देउसी र भैलो देउराली लाइ सम्झेर फर्केर आएको कुरा देखाउन खोजिएको छ। बिकाश रिजाल र बिबेक झाको शब्द रहेको गीतले एकपटक सबै लाइ भाबुक बनाउछ रबिन्द्र बरालको निर्देशन तथा छायांकन रहेको भिडियो लाइ भिजन नेपालले निर्माण गरेको हो भिडियोमा निश्चल,उमा,भीमा र शिबको अभिनय रहेको छ ।