अस्ट्रेलियन सुन्दरीको प्रेममा परे सन्नी ‘सुनकेशरी’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ११ गतेबाट अल नेपाल प्रदर्शन हुने चलचित्र सुनकेशरीको गीत रिलीज गरिएको छ । सार्वजनिक गीतमा नायक सन्नी ढकाल र लउरेन फिचर्ड छन । हरर जनरामा निर्माण गरिएको चलचित् सुनकेशरीको सम्पुर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो । काली प्रसाद बास्कोटाको संगीत रहेको गीतमा सनुप पौडेलले स्वर भरेका छन । गीतमा सन्नी र लउरेनको बढ्दो प्रेमभाव देखाइएको छ । नेपालमा हरर चलचित् निकै कम मात्रै निर्माण हुन्छन । जती बनेका छन ति चलचित्रले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन सकेका छैनन् । त्यसैले नेपालमा हरर सिनेमा दर्शक कम रहेको बताइन्छ । तर सुनकेशरी सम्पुर्ण तवरले उत्कृष्ट बनेको निर्माण टिमले बतएको छ ।

अभिनेत्री ऋचा शर्माले भिम न्यौपाने र शर्मिला सापकोटासंग मिलेर निर्माण गरेकी हुन । सुनकेशरीको निर्देशन अभिनेता अपर्ण थापा हुन । चलचित्मा सन्नी ढकाल र लउरेका अलवा ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई रह शर्माले छायांकन गरेका हुन ।