‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने



काठमाडौँ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण थुप्रै टेलिभिजन कार्यक्रम तथा रियालिटी शोहरु प्रभावित बने। निषेधाज्ञाका कारण रोकिएका टेली सिरियल तथा रियालिटी शोहरु प्रसारणमा आइ सकेका छन्। यस्तै क्रममा निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु गरिएको छ । आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका निर्देशक तथा कलाकार जीतु नेपालले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण हुँदै आएको थियो ।

कि इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको छ । ‘मुन्द्रेको कमेडी क्लब’ जितु नेपालको आफ्नै युट्युब च्यानल जितु कमेडी मार्फत हेर्न सकिन्छ । ‘मुन्द्रेको कमेडी क्लब’ लाई यु ट्युबमा राम्रै भ्युज मिल्ने गरेको छ।