श्वेताको ‘स्वेता श्री’ फाउन्डेशन, स्वेताले भनिन्-‘दादाको चाहना पनि समाजसेवा थियो”


सेलिब्रेटी नेपाल काठमाडौँ
sweeta
नायिका स्वेता खड्काले ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक शुभारम्भ गरेकी छिन् । आज, काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा उनले सामाजिक सेवाका लागि भन्दै यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुन् । नायक श्रीकृष्ण श्रेष्ठ र स्वेताको नामबाट यो फाउन्डेशनको नाम राखिएको छ ।

पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, संगीतकार शम्भुजित बास्कोटाले एकसाथ ‘स्वेता श्री’ फाउन्डेशनको उद्घाटन गरेका हुन् ।

नायिका स्वेता खड्काले शो कार्यक्रममा बोल्दै फाउन्डेशनले निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने बताइन् । स्वेताले भनिन्-‘दादाको चाहना पनि समाजसेवा थियो । यसैले, मैले यसलाई अगाडि बढाएकी हुँ ।’

‘स्वेता श्री’ फाउन्डेशनले यो बस्ती निर्माणको व्यवस्थापनमा सहयोग गर्नेछ ।