‘म त तिम्रै हुँ’ निर्देशकको दोस्रो चलचित्र घोषणा



सेलिब्रेटी नेपाल ।‘म त तिम्रै हुँ’ चलचित्र बाट निर्देशनमा डेब्यु गरेका निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा भएको छ। महतको दोश्रो अन टाईटल प्रोजेक्टको आईतबार एउटा गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । एउटा चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्देशक अर्को चलचित्रको तयारीमा व्यस्त रहेको बताए । गायिका टिका प्रसाईंको आवाजमा रेकर्ड बहेको गीतमा निर्माता तथा गीतकार हिरा काजी थापाको शब्द र शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।

रेकर्डिङ्ग सम्पन्न भएको ‘सुनको बाला हातमा’बोलको गीत आइटम गीत हो । जम्मा ४ गीत रहने अन टाईटल सिनेमा लभ स्टोरीमा निर्माण हुनेछ । केहि दिनमा नै औपचारिक जानकारी सहित चलचित्रको नाम सार्वजनिक गरिने बताउदै निर्देशक महतले यस सिनेमामा दुई नायिका रहने बताउनु बताए । चलचित्रको लागि कलाकार छनोट भई रहेको र सम्पूर्ण टिम तयार गरेर औपचारिक घोषणा गरिनेछ ।