आजकल के गर्दैछिन् अभिनेत्री रेजिना ? भन्छिन् –‘म सक्रिय नै छु’


सेलिब्रेटी नेपाल

काठमाडौं। अभिनेत्री रेजिना उप्रेती नेपाली चलचित्र क्षेत्रमा एउटा उचाइमा पुग्न नसकेपछि झण्डै एक दशक राम्रैसंग जमिन् । तर, पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएपछि भने उनि चलचित्र क्षेत्रबाट टाढा रहिन् ।

त्यो विचमा उनले कुनैपनि चलचित्रमा काम गरिनन् । तर, सार्वजनिक कार्यक्रममा भने उनको सक्रियता राम्रै देखियो । हिजोआज पनि सार्वजनिक कार्यक्रममा रेजिना उपस्थित जनाइरहेकी हुन्छिन् ।

शनिबार नेपाल चलचित्र कलाकार संघको परिषरमा भेटिएकी रेजिनाले आफू अभिनयमा सक्रिय नै रहेको बताइन् । ‘धेरैले तपाई हराउनुभयो भन्नुहुन्छ । तर म हराएकी छैन्’ रेजिनाले भनिन् ‘विज्ञापन, म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी छु । राम्रो चलचित्रबाट अफर नआएर काम नगरेकी हुँ । मलाई सुहाउने क्यारेक्टर आए अवश्य काम गर्नेछु ।’

रेजिनाले कर्णबीर, अग्निपथ, राजु राजा राम, बारुद्, कुरुक्षेत्र, दोस्ती, सन्देश, चिनो लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

आउँदो शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनमा रेजिनाले उपाध्यक्षमा उमेद्धवारी दिएकी छिन् ।