अर्जुनको निर्माणमा ‘फाटेको जुत्ता’


सेलिब्रेटी नेपाल काठमाडौँ
Arjun kumar
निकेश खड्काको निर्देशनमा चलचित्रकोे ‘फाटेको जुत्ता’ बन्ने भएको छ । चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु हुने निर्माता अर्जुन कुमारले जानकारी दिए ।

निकेशले यसअघि चलचित्र ‘जिन्दगी रक्स’ निर्देशन गरेका थिए । यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झाँ, सन्दिप क्षेत्री, वुद्धि तामाङ, रमेश रन्जन झा, आमिर गौतम लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा, शंकर थापाको संगीत रहनेछ । चलचित्र पूर्ण कमेडी बिषयमा बन्ने बताईएको छ ।