ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ‘सिनेजोन नेपाल’ नामक युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा बनाइएको मेतोक चलचित्रको ट्रेलर हेर्दा अहिले बन्ने गरेका नेपाली भाषाको जतिकै तामझाम देख्न सकिन्छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण हुँदै गरेको ‘मेतोक’ चलचित्रको सम्पूर्ण छायांकन सकिए संगै अहिले धमाधम सम्पादनको काम हुदै गरेको जानकारी निर्देशक लामाले दिएका छन् ।

“ह्योल्मो समुदाय सानो छ, त्यसमा पनि ह्योल्मो भाषा बोल्ने र बुज्नेको संख्या त झन् नै सानो छ, त्यसैले पनि हाम्रो भाषा र संस्कृति आउने पुस्ता सम्म रहनु पर्छ र लोप हुनु हुदैन । हामीले बनाउन लागेको चलचित्रले केहि हदसम्म भए पनि हाम्रो भाषा र सांस्कृतिको जगेर्ना हुने हामीलाई लागेको छ र हामीले निर्माण गरेको यो चलचित्रलाई ह्योल्मो समुदायले मात्र नभएर सम्पूर्ण नेपालीहरुले नै माया गर्नु हुनेछ भन्ने लाग्छ, किनभने सम्पूर्ण भाषा हाम्रा देशका सम्पति हुन् र यिनक%E