यु ट्युवमा १ करोड बढि हेरियो ‘ठमेल बजार’


सेलिब्रेटी नेपाल काठमाडौँ
List-of-Actors-and-Actress-in-Loot-2-Nepali-Movie
चलचित्र ’लुट २’ आईटम गीत ’ठमेल बजार’ले युट्युवमा १ करोड बढि पटक हेरिएको छ । यसअघि ’वडा नम्बर ६’ चलचित्रको सुर्के थैली र ’छक्का पञ्जा’को पुर्व पश्चिम रेल गीतले पनि करोड ’भ्युअर्स’ पार गरिसकेका छन् ।

गत अक्टुबर २१ तारिखमा युट्युवमा अपलोड भएको उक्त गीतलाई १ करोड बढि हेरिएको हो । नेपालमा हालसम्म सर्वाधिक हेरिएका गीतमा ’ठमेल बजार’ तीन नम्बरमा परेको छ ।
निश्चल बस्नेत निर्देशित चलचित्र स्टारकास्टले भरिपुर्ण छ ।

माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको चलचित्र यो शुक्रबार फिल्म रिलिज हुँदैछ ।