‘काउसो’ को शिर्ष गीतमा सबिन र अनुलाई यस्तो देखियो (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको चलचित्र’ काउसो’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘लागो लागो काउसो’ बोलको गित साईराम पिक्चर्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा जुना प्प्रसाईं र राम चन्द्र काफ्ले स्वर, बिकाश चौधरीको संगीत मदन घिमिरेको शब्द , बिक्रम स्वारको कोरियोग्राफी रहेको छ । सार्वजनिक गीतमा सबिन श्रेष्ठ अनु,पराजुली र अर्जुन गुरुङ लाई देखन सकिन्छ । मदन घिमिरेले निर्देशन गरेको चलचित्र आउदो जेठ १७ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली,र बाल कलाकारमा असिम तिमल्सिनाको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्मातामा राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको, पटकथा/ संबाद भोजराज देवकोटाको, संगीत बिकास चौधरी, द्वन्द शंकर महर्जन,छायाँकन रामेश्वर हुमागाईको र सम्पादन नबिन निरौलाको रहेको छ चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।