हरितालिका तीजको अबसरमा धून अडियो सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘धुन’ को हाल पोस्ट प्रोडक्सनको अन्तिम कार्यमा रहेको छ। पछिल्लो समयको आशा लाग्दो चलचित्र ‘धून’ सांगीतिक रुपले बलियो रहेको छ। आज हिन्दु नारी हरुको महान चाड हरितालिका तीजको अवसरमा चलचित्रको अडियो गीत सार्बजनिक गरिएको छ आज बाट देश भरका रेडियोमा गीत संगीत बज्ने छ अन लाइन मार्फत सुन्न र निसुल्क डाउनलोड गर्न पनि सकिनेछ।
dhoon-poster
सांगीतिक प्रेम कथामा बनेको चलचित्रमा जीवन लुइँटेल,मुकेश ढकाल,नीता ढुंगाना,श्रेया दुलाल,उमा बेबीको प्रमुख भूमिका रहेको छ। चलचित्र ‘धून’ मा रहेको सम्पूर्ण गीतमा शब्द तथा संगीत लक्की सिटौलाको रहेको। चलचित्र ‘धून’ लाई कलर फुल र सांगीतिक बनाईएको छ। जीवन भनेको सुख र दुख नामका दुइ रंगको समिश्रण हो। जुन समिश्रण नै जीवनको अर्को धुन हो यहि कुरा धून मा रहेको कुरा निर्देशक कृष्णले बताए। कृष्ण आचार्यको पटकथा सम्बाद रहेको चलचित्रमा मालती शाहको ‘धुन’मा प्रस्तुतकर्ता सुशील शाह रहेका छन् भने निर्मात्री श्रेया दुलाल र निर्माताका रुपमा बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ।